इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् ।
शनिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । जसमध्ये ११ हजार ४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन् ।














Discussion about this post