इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण भएको छ ।
मन्त्रालयका अनुसार आधारमा मोरङमा ३, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ३, झापाको भद्रपुर र कमल गाउँपालिकामा १–१ र सुनसरीको इटहरीमा १ जनामा संक्रमण भएको हो ।
हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १८४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post