इटहरी: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १६, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, बेलबारीमा २, उर्लाबारी, सुनबर्षी, मिक्लाजुङ, केराबारी र रतुवामाईमा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने झापाको विर्तामोड र दमकमा ४–४, अर्जुनधारा, बुद्धशान्ति, बाहृदशी, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ।
सुनसरीको इनरुवामा ३, इटहरीमा २, दुहवी, देवानगञ्ज, हरिनगर र धरानमा १–१, उदयपुरको कटारी, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post