विराटनगर : विराटनगरस्थित बंगाली समाजले पहिलो पटक काली पूजा समारोहको आयोजना गरेको छ ।
विराटनगर महानगरपालिकाको वडा नम्बर ३ दूर्गा चोकमा आयोजित सो पूजामा ९ फिटको श्यामा काली भगवतीको मूर्ति निर्माण गरी पूजा गरिएको हो । यहाँका बंगाली समाज संगठित भएपछि पहिलो पटक सार्वजनिक रूपमा काली पूजा समारोहको आयोजना गरिएको पूजा समारोहका संयोजक असीम मित्रले बताए ।
उक्त पूजाको लाभ सयांै भक्तजनहरुले प्रत्यक्ष रूपमा लिएको र विराटनगर क्षेत्रभित्र १० हजारभन्दा बढी जनसंख्यामा बंगालीहरूको बसोबास रहेको राष्ट्रिय बंगाली समाजका प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित चेलले जानकारी दिए ।
बंगाली समुदायको परम्परागत ढाकी, धुनी पूजा, खिचुडी भोग एवं मूर्ति कारिगर पनि बंगाली नै रहेको विराटनगर महानगर कमिटिका अध्यक्ष संजय दत्तले बताए । कात्तिक शुक्ल पक्षकोे औंसीमा काली पूजा गरिने धार्मिक परम्परा रहेको माता कालीको पूजा कोलकाताका ब्राम्हणले बिहीबार रात्री साढे १० बजे पूजा शुरु गरी शुक्रबार बिहान साढे ३ बजे सम्पन्न गरेको समितिका कोषाध्यक्ष राज कुमार दासले बताए ।
उक्त पूजामा नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार, उपाध्यक्ष विप्लव घोष, सचिव संजय वरुवा, सदस्य संजय चेल सहितको टोलीले माताको दर्शन गरी भव्य रुपमा पहिलो पटक यस्तो पूजाको आयोजना गरेकोमा सम्पूर्ण बंगाली समाजको तर्फबाट हर्ष प्रकट गर्दै शुभकामना व्यक्त गरका थिए ।
पूजा समितिका सह संयोजक संजिव शुक्ला, सचिव मनोज साह, सदस्य रोशन दत्त सहित २७ सदस्यीय समिति गठन गरी आयोजना गरिएको पूजाको प्रतिमा तीनपैनी, जलजला चौक बजार परिक्रमा गर्दै सहिद मैदान हुँदै पानीटंकी धनावत फैक्ट्रको सिंघिया खोलामा विसर्जन गरिएको थियो ।











Discussion about this post