इटहरी : ओखलढुंगा घर भई इटहरीमा कोठाभाडा गरी बस्दै आएका विद्यार्थी, मजदूरहरुलाई इटहरीका दिनेश धमलाले आफ्नो घर सम्म पुर्याउने व्यवस्था गरेका छन् ।
यहाँ कोठाभाडामा बसेका तर खान, लाउँन समस्यामा भएका र सम्पर्कमा आएका १८ जनालाई धमलाले ओखलढुंगासम्म पुर्याउने व्यवस्था गरेका हुन् । उनले इटहरी उपमहानगरपालिका र सिडिओ कार्यालय सँगको सहकार्यमा ती व्यक्तिहरुलाई घरसम्म पुर्याउने व्यवस्था मिलाएका हुन् । उनले टाकुरासँग भने, मैले इटहरी उपमहानगरपालिका र सिडिओ कार्यालय सँग सम्पर्क गरेर हिजो बेलुका दुईवटा गाडीमा ओखलढुंगासम्म पुर्याउँने वातावरण मिलाएको हुँ, उनीहरु यहाँ अलपत्र हुने स्थिति थियो । उनका अनसार यसअघि इटहरी उपमहानगरपालिकाले एक हप्ताका लागि मात्रै राहत वितरण गरेकाले खान समस्या हुँदै आएकाहरुलाई घर सम्म पुर्याईएको हो ।
उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत
इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ । संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना...
Discussion about this post