इटहरी : ओखलढुंगा घर भई इटहरीमा कोठाभाडा गरी बस्दै आएका विद्यार्थी, मजदूरहरुलाई इटहरीका दिनेश धमलाले आफ्नो घर सम्म पुर्याउने व्यवस्था गरेका छन् ।
यहाँ कोठाभाडामा बसेका तर खान, लाउँन समस्यामा भएका र सम्पर्कमा आएका १८ जनालाई धमलाले ओखलढुंगासम्म पुर्याउने व्यवस्था गरेका हुन् । उनले इटहरी उपमहानगरपालिका र सिडिओ कार्यालय सँगको सहकार्यमा ती व्यक्तिहरुलाई घरसम्म पुर्याउने व्यवस्था मिलाएका हुन् । उनले टाकुरासँग भने, मैले इटहरी उपमहानगरपालिका र सिडिओ कार्यालय सँग सम्पर्क गरेर हिजो बेलुका दुईवटा गाडीमा ओखलढुंगासम्म पुर्याउँने वातावरण मिलाएको हुँ, उनीहरु यहाँ अलपत्र हुने स्थिति थियो । उनका अनसार यसअघि इटहरी उपमहानगरपालिकाले एक हप्ताका लागि मात्रै राहत वितरण गरेकाले खान समस्या हुँदै आएकाहरुलाई घर सम्म पुर्याईएको हो ।
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते
मोरङ : मोरङको लेटाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्...












Discussion about this post