इटहरी : एमाले नेता तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जिल्ला अध्यक्ष दाबी गर्ने दुई नेताहरूभन्दा बाहेक तेस्रो नेताको अध्यक्षतामा महाधिवेशन आयोजक समिति घोषणा गर्ने कार्य विधान विपरीत भएको भन्दै विरोध जनाएका छन् ।
बुधबार इनरुवामा भइरहेको महाधिवेशन आयोजक समिति घोषणा कार्यक्रम बहिष्कार गर्दै चौधरीले जिल्ला समिति हुँदा हुँदै अर्को व्यक्तिको अध्यक्षतामा कार्यक्रम गर्नु गलत भएको बताए ।
‘म मेयर भएपछि रमेश बस्नेतलाई छाडेको हुँ, कि त वहाँ हुनुपर्यो,’ उनले भने, ‘कि त रेवती भण्डारीले नेतृत्व गर्दै आउनुभएको छ, वहाँको अध्यक्षतामा कार्यक्रम हुनुपर्यो ।’

एमाले सुनसरी इन्चार्ज धर्म निरौलाको अध्यक्षतामा गरिएपछि चौधरीले विधान विपरीत भएको भन्दै बुधबार बोल्ने क्रममै माइक खोसेका थिए ।
माइक खोसेपछि इटहरी आएर पत्रकार सम्मेलन गर्दै चौधरीले एमाले पार्टी कम्पनीजस्तो भएको र नेतृत्व बिर्ताबालजस्तो भएको आरोप लगाए ।
यो पनि – सुनसरी एमालेमा भाँडभैलो, कार्यक्रममा बोल्दाबोल्दै द्वारिकलाल चौधरीले खोसे माइक














Discussion about this post