इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २७९ जना निको भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ भने ७ लाख ९७ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ रहेको छ ।














Discussion about this post