इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको अर्जुनधारामा ३, दमक र बिर्तामोडमा २–२, मेचीनगर, कनकाई र भद्रपुरमा १–१ जना रहेका छन् ।
यस्तै, मोरङको विराटनगरमा ३, सुन्दरहरैँचामा २, बूढीगंगामा १ र सुनसरीको धरानमा ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post