इटहरी : लोकप्रिय ‘स्टोरी टेलर’ साइग्रेस पोखरेल आफ्नो कार्यक्रमको क्रममा धरान आउने भएका छन् । वर्ड टुर विथ साइग्रेसको कार्यक्रमका लागि उनी आफ्नो टिमसहित धरान आउने भएका हुन् ।
सो कार्यक्रम कात्तिक २९ (१५ नोभेम्बर) मा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियममा दिउँसो दुई बजेबाट सुरु हुनेछ । दुई घण्टाका लागि आयोजित कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकहरूसँग अन्तर्क्रिया गर्ने आयोजकले बताएका छन् ।
साइग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरूको सङ्घर्षको कथासँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत प्रस्तुति दिनेछन् ।
कार्यक्रमपछि उनी भडेटार घुम्ने र धरानमा दुई रात बस्ने आयोजकले जनाइएको छ । नेपालका सातवटै प्रदेशका मुख्य सहरहरूमा कात्तिक २३ देखि मङ्सिर १७ गतेसम्म सो कार्यक्रम आइएमइले आयोजना गरेको हो ।
उनले धनगढीमा प्रस्तुति दिसकेका छन् भने कात्तिक २७ मा उनी कार्यक्रममा लागि झापा जाने छन् । कार्यक्रमका लागि साइग्रेस धरानपछि चितवन, बुटवल, पोखरा र काठमाडौँ जाने छन् ।
कार्यक्रमको टिकेटिङ पार्टनर आइएमई पे, आतिथ्य पार्टनर रोडहाउस क्याफे, एडुकेसन पार्टनर टेक्सस कलेज अफ म्यानेजमेन्ट र आइटीका साथै मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रहेको छ ।















Discussion about this post