तरहरा : इटहरी २० तरहरामा रहेको तरहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः नगेशचन्द्र राई निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार सहकारीको १४ औं साधरणसभाबाट राई पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष राईले सहकारीलाई शशक्त्त बनाउदै लौजाने प्रतिबद्ता जनाएका छन् ।
यस्तै, उपाध्यक्षमा हेमन्त गौतम निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा लक्ष्मी केसी, गोपाल भारती, गोविन्द कोइराला, सृजना लिम्बू, विमला भुजेल, राजु गिरी, नवीन गुरुङ चयन भएका छन् ।
यस्तै, लेखा समिति संयोजकमा निरकाजी गिरी चयन भएका छन् भने लेखा समिति सदस्यमा चूडामणि खतिवडा र वसन्त घिमिरे चयन भएका छन् ।
संस्थाको संस्थापक अध्यक्ष दिनेशचन्द्र गिरीले ३२ जनाबाट सुरु गरेको सहकारी अहिले तरहरा क्षेत्रमा बलियो हुदै गएको बताए ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघको अध्यक्ष दामोदर कोइराला थिए।
Discussion about this post