Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

रिसिबीका कारण ‘ग्याङफाइट’ हुँदा इटहरी बस्ने रिजनको हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०७८
in विविध, समाचार
0
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

सांकेतिक तस्वीर ।

339
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङको बूढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा युवाहरूबीच ‘ग्याङफाइट’ हुँदा एक युवाको ज्यान गएको छ ।

दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबास घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको आइतबार राति हत्या भएको हो । बूढीगङ्गा–६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन रिजन आइतबार राति उनको घर गएका थिए ।

जन्मदिनको पार्टीका क्रममा दुई युवा समूहबीच विवाद भएको हो । बूढीगङ्गा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङलगायत ६–७ जनाको समूहसँग दाहालको विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि जन्मदिन मनाएको घरमा झगडा नगर भन्दै त्यहाँबाट भगाएका थिए । नानुको घरदेखि हिँडेका रिजनलाई बूढीगङ्गा–६ का डम्बरबहादुर लिम्बूको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित ७ जनाको समूहले खुकुरी प्रहार गरेको स्थानीयको भनाइ छ ।

टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । झगडा छुट्याउन गएका रिजनका साथी नानु लिम्बू र कमल थापा पनि घाइते भएका छन् ।

लिम्बूको दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । हत्या गरिएका दाहाल र घाइते थापा खनारमा डेरा गरेर बस्दै आएका आएका थिए । दुवैजना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेका थिए ।

शनिबार राति रिजन र बूढीगङ्गा–६ डल्लेपुरका २५ वर्षीय धनबहादुर तामाङबीच झगडा भएको थियो । झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड गालामा हानेका थिए ।

त्यही झापड हानेको रिस फेर्न धनबहादुर जन्मदिनको पार्टीमा गई विवाद झिकेका थिए । ‘यही हो मौका भन्दै धनबहादुरले गाउँका ६–७ जना युवाको समूह लिएर बर्थ–डे भएको घरमा गएको देखिन्छ । त्यहीँ आक्रमणको प्रयास गरेपछि स्थानीयले छुट्याएका थिए ।

नानुको घरदेखि रिजन स्थानीय नवीन लिम्बूको घरतिर हिँडेको देखिन्छ । तर, बाटैमा उनीमाथि आक्रमण भयो’–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । उनका अनुसार अघिल्लो दिन रिजन र धनबहादुरबीच झगडा भएपछि नवीनको घरमा पुगेर रिजनले माफी पनि मागेका रहेछन् । माफी मागेपछि मिलेर आ–आफ्नो गन्तव्यतिर लागेका थिए ।

तर, झापड हानेको इख धनबहादुरले लिइरहेका रहेछन् । त्यही झापड हानेको रिस फेर्न धनबहादुरले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । सोही आक्रमणमा परी रिजनको ज्यान गएको छ । घटनामा संलग्नहरू फरार रहेकोले खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।

अनिल श्रेष्ठले लेखेको यो समाचार ब्लाष्टखबरबाट साभार गरिएको हो ।

Tags: #हत्यापत्रपत्रिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1054 shares
    Share 422 Tweet 264
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.