इटहरी : प्रदेश १ मा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको छ ।
झापाको मेचीनगरमा ७, विर्तामोडमा ४, कनकाई, भद्रपुर र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज, दमक, बुद्धशान्ति, गौरादह, अर्जुनधारा, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको विराटनगरमा १०, रतुवामाई, पथरीशनिश्चरे, केराबारी, सुनबर्षी, जहदा र रंगेलीमा १–१ जना संक्रमित छन् ।
यसैगरि सुनसरीको इटहरीमा ४, दुहवी र धरानमा १–१ जना छन् भने पाँचथरको कुम्मायक र फालेलुङमा १–१, उदयपुरमा १ र इलामको सुर्योदयमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २५ जना कोरोना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ














Discussion about this post