इटहरी : इटहरीमा बिहीबार र शुक्रबार (भोलि र पर्सी) कोरोना विरूद्वको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।
इटहरी अस्पताल, खनार स्वास्थ्य चौकी, एकम्वा स्वास्थ्य चौकी, पकली स्वास्थ्य चौकी र हाँसपोसा स्वास्थ्य चौकीमा यसअघि भेरोसिलको पहिलो खोप लगाइसकेकाहरूलाई दोस्रो डोज खोप लगाइने भएको हो ।
इटहरी अस्पताल अन्तर्गत २ नम्बर वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ३, सामुदायिक अस्पताल वडा नम्बर ४, आधारभूत स्वास्थ्य केन्द्र इटहरी ५ काब्यवाटिका, किराँत राई याखोख्खा भवन इटहरी ६, आधारभूत स्वास्थ्य केन्द्र इटहरी ७ र आधारभूत स्वास्थ्य केन्द्र इटहरी ८ मा खोप लगाइने इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यसअघि भेरोसेल खोप लगाएका व्यक्तिहरूलाई नजिकको खोप केन्द्रमा खोप कार्ड सहित सम्पर्क गर्न इटहरी उपमहानगरपालिकाले आग्रह गरेको छ ।
Discussion about this post