इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका ४ बाट ठूलो परिमाणको गाजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार दिउँसो देवानगंज सिमा क्षेत्रमा इलाका प्रहरी कार्यालय देवानगंजबाट गएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश १–०४–००१ त ०६६६ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी लागूऔषध गाँजा फेला परेको थियो ।
चेकजाँच गर्ने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका ५ का २५ वर्षीय सन्तोष कुमार मेहेता पक्राउ हुन् ।
फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



















Discussion about this post