इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा ७, भद्रपुर र अर्जुनधारामा ४–४, विर्तामोडमा ३, मेचीनगर र कमल गाउँपालिकामा २–२, गौरादहमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, मोरङको विराटनगरमा १९, उर्लाबारीमा २ र सुनबर्षीमा १, सुनसरीको धरानमा २, इटहरीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post