इटहरी : प्रदेश १ मा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको छ ।
झापाको अर्जुनधारा, मेचीनगर, कन्काई, विर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १–१ जना छन् भने सुनसरीको इटहरीमा २ र इनरुवामा १ र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टा ३९ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post