इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको भद्रपुरमा ४, दमक र विर्तामोडमा ३–३, बुद्धशान्ति र शिवसताक्षीमा २–२, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको विराटनगरमा ७, सुनबर्षी र सुन्दरहरैँचामा २–२, रतुवामाई र उर्लाबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरी र धरानमा २–२, इलामको सन्दकपुरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post