इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बुद्धशान्ति र कनकाईमा ६–६, मेचीनगरमा ३, दमक र झापा गाउँपालिकामा २–२, गौरादह, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा १–१ जना संक्रमित थपिएका छन् ।
यता, सुनसरीको धरानमा ८ र इटहरीमा ५ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ४, उर्लाबारी र रंगेलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको कटारी, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post