इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ९, उर्लाबारी, सुन्दरहरैँचा र ग्रामथानमा १–१ जना छन् भने झापाको विर्तामोडमा ४, भद्रपुरमा २, हल्दिबारी, कनकाई , बाहृदशी र मेचीनगरमा १–१ छन् ।
यता, सुनसरीको धरानमा ४, बर्जु, भोक्राहा–नरसिंह, रामधुनी, गढी, इटहरी र दुहवीमा १–१, भोजपुरको ट्याम्केमैयुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post