इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ४, हल्दिबारीमा २, शिवसताक्षी, कनकाई, बाह्रदशीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको विराटनगरमा २, कानेपोखरी, सुन्दरहरैँचा र लेटाङमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरी र बराहक्षेत्रमा २–२, उदयपुरको उदयपुरगढी र त्रियुगामा १–१, भोजपुरको भोजपुर नगरपालिका, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post