इटहरी : प्रदेश १ मा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा २, लेटाङ र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ भने झापाको दमक र मेचीनगरमा ३–३, विर्तामोडमा २, हल्दिबारी, गौरादह र गौरीगञ्जमा १–१ जना थपिएका छन् ।
यसैगरि सुनसरीको इटहरीमा ४, दुहवी, इनरुवा, र हरिनगरमा १–१, उदयपुरको चौदण्डीगढीमा २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो चौबिस घण्टामा प्रदेश १ मा ३५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post