इटहरी : इटहरी उपमहानगरपालिका ६ बाट लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी ४ पान्धारे का ३० वर्षीय सन्तोष श्रेष्ठ रहेका छन् ।
हिजो बेलुका प्रदेश नम्बर १ –०२–०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ५०० मिलिग्राम बरामद गरिएको हो ।
पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post