इटहरी : प्रदेश १ मा थप १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको हल्दीबारीमा १, भद्रपुरमा २, मोरङको विराटनगरमा ७, सुनसरीको धरानमा १, इटहरीमा १, धनकुटामा स्थानीय तह नखुलेको १ जना र प्रदेश १ बाहिरका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा यही अवधिमा २९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post