इटहरी : इटहरीमा ५ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १०, सुनबर्षी र बुढीगंगामा २–२, रतुवामाईमा १ जनामा संक्रमण भएको छ ।
यस्तै, झापाको भद्रपुरमा ४, मेचीनगर, अर्जुनधारा, विर्तामोड र कमल गाउँपालिकामा २–२, दमक र हल्दिबारीमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ५ र धरानमा १ जनालाई संक्रमण देखिएको छ भने धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा यही अवधिमा थप १७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post