इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको भद्रपुरमा ३, बिर्तामोड, दमक, मेचीनगर, अर्जुनधारा र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, मोरङको विराटनगरमा ६, कानेपोखरी र रतुवामाईमा १–१ र सुनसरीको इटहरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा यही अवधिमा थप २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।














Discussion about this post