इटहरी : प्रदेश १ मा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा संक्रमण देखिएको हो ।
झापाको भद्रपुर, मेचीनगर र बुद्धशान्तिमा २–२, विर्तामोड, गौरादह र दमकमा १–१ जनामा संक्रमण देखिएको छ भने मोरङको विराटनगरमा ४, पथरीशनिश्चरे, रंगेली र बेलबारीमा १–१ जना छन् ।
यसैगरि, सुनसरीको इटहरीमा ४, रामधुनी र धरानमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप २२ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post