इटहरी : सुनसरीको दुहबी ८ स्थित जुटमिल नजिकै सनराइज बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
खनार शाखाबाट मनिटर हुनेगरी बैंकले जुटमिल चौकमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । यहाँ संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८१ पुगेको छ । बैंकिङ्ग सेवाको व्यावसायिक प्रतिनिधिका रूपमा अमन कुमार साहलाई नियुक्त गरिएको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिनेछ । साथै, सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरू लिन सकिने बैंकले जनाएको छ ।
कृषि ,मजदुर र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।














Discussion about this post