इटहरी : प्रदेश १ मा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ७, लेटाङ, बेलबारी र उर्लाबारीमा १–१, झापाको दमक र विर्तामोडमा २–२, बुद्धशान्ति र मेचीनगरमा १–१, सुनसरीको दुहवी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post