इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १ जनाको मृत्यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ भने ८ लाख ६ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् ।














Discussion about this post