झापा : धारिलो हरियार प्रयोग गरेर ज्यान मार्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ का २० वर्षिय अर्जुन लिम्बु रहेका छन ।
मंसिर २९ गते दमक नगरपालिका ६ मा रहेको रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक २ का २५ वर्षिय तेज प्रकाश पराजुली धाराबाट पानी लिएर पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेर रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगेर उपचारको क्रममा मृत्यु भएको थियो ।
दमक १ का २० वर्षिय अर्जुन लिम्बुलाई पौष १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको क्रममा पुर्व रिसईविको कारण घट्ना घटाएको खुल्न आएको छ ।
प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ ।
पक्राउ परेका लिम्वुलाई जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post