सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका २ बाट नियन्त्रित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका २ का ३८ वर्षिय कालु बहादुर राई रहेका छन ।
हिजो बेलुका गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट गएको प्रहरी टोलिले राईको साथबाट डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय चतराबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post