इटहरी : प्रदेश १ मा थप १८ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ५, झापामा ४, धनकुटामा ३, सुनसरीमा २ र उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा २, कानेपोखरी, मिक्लाजुङ र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा २, हल्दिबारी र मेचीनगरमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, सुनसरीको इटहरीमा २, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।
प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ९६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post