इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ भने ८ लाख ९ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेका छन् ।














Discussion about this post