इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ९, कटहरी, सुन्दरहरैँचा, पथरीशनिश्चरे, बेलबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जनालाई संक्रमण देखिएको छ भने सुनसरीको गढी र इटहरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको दमक, भोजपुरको पौवादुङ्मा र संखुवासभाको चैनपुरमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, प्रदेश १ मा यही अवधिमा थप १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।














Discussion about this post