इटहरी : प्रदेश १ मा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १ जना छन् भने सुनसरीको इटहरीमा ३ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ । यस्तै, झापाको भद्रपुर र झापा गाउँपालिकामा १–१ जना छन् भने इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको छ ।
यसैगरि, प्रदेश १ मा थप ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post