झापा : झापाको बिर्तामोड नगरपालिका १ पूर्व शान्ति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।
उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी अनारमनीबाट गएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ का २१ वर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषध सहित आईतवार बेलुका पक्राउ गरेको हो ।
पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post