सुनसरी : सुनसरीको कोशी गाउँपालिका १ बाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट गएको सयुक्त प्रहरीको टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका १ मा बि एस होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ वर्षिय बिधानन्द राम र २४ वर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरेको हो ।
होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ 7.65 mm को गोली ३ राउण्ड बरामद गरिएको हो ।
निजहरुबाट मोबाइल १ थान, BR50 K 0149 नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद भएको छ।
पेस्तोल सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post