इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा र झापाको विर्तामोडमा ३–३ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरीको दुहवी र धरानमा १–१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, प्रदेश १ मा थप ६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या १०९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post