धरान : धरान उपमहानगरपालिकाले नौ जना नगर प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
विहीबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेको हो ।
मेयर तिलक राईले दज्र्यानी चिन्ह प्रदान गर्दै बढुवा भएका नगर प्रहरीहरुलाई इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन दिए ।
नगर प्रहरी निरीक्षक विष्णु कोइरालाका अनुसार ४ जना नगर प्रहरी हवल्दारबाट असई भएको हो भने बारुणयन्त्र शाखामा कार्यरत ५ जना हवल्दारबाट जम्दार भएको हो ।
नगर प्रहरी धनबहादुर लिम्बू, विजय थापामगर, बिसान गुरुङ र सुरेश मंग्रातीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।
यस्तै, बारुणयन्त्र शाखामा कार्यरत देवल कुमार राई, बुद्ध तामाङ, नवीन भुजेल, सूर्यप्रसाद अधिकारी र कुमार बुढाथोकीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।











Discussion about this post