नेपालमा थप २३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ भने ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २२ जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post