इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा २ जनाको मृत्यु भएको छ भने २०९ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ भने ८ लाख १२ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ जना रहेका छन् ।














Discussion about this post