इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।
प्रदेश १ मा आज ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३५ रहेको मन्त्रालयले जनाएको छ।














Discussion about this post