इटहरी : नेपाल एकीकृत समाजवादी निकट विद्यार्थीहरूको संगठन अनेरास्ववियूको प्रदेश १ कमिटीले पूर्णता पाएको छ ।
इटहरीमा भएको अनेरास्ववियूको प्रदेश १ स्तरीय प्रथम अधिवेशनले राजु थाम्सुहाङ्गको नेतृत्वमा ५१ जनाको पूर्ण कमिटी घोषणा भएको हो ।
यस्तै, संगठनको वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ्ग चयन भएका छन् भने उपाध्यक्षमा सन्तोष लिम्बू, मान बहादुर गुरुङ्ग, हेमराज निरौला र भुषण पोमु रहेका छन् भने प्रदेश कमिटिको सचिवमा सुमन दाहाल चयन भएका छन् ।
त्यसैगरी अधिवेशनले ५ जनालाई सह सचिवमा चयन गरेको छ ।
सहसचिवमामा देवराज पुरी, सीता खड्का, सुरेश गुप्ता, अशोता राई र युवराज धमला छन् । कमिटीको कोषाध्क्षमा शिवराम सहनी चयन भएको संगठनले बताएको छ ।
नव गठित प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई पार्टीका विद्यार्थी विभाग प्रमुख वसिम आलमले बद्याई तथा शुभकामना दिएका छन् ।












Discussion about this post