मोरङ : विराटनगर महानगरपालिका ७ मा पार्किङ गरी राखेको को. २८ प ६५४९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सुनसरीको दुहवी नगरपालिका ५ बस्ने २० वर्षीय मनिष परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मोटरसाइकल पुस १४ गते दिउँसो चोरी भएको थियो । उनी विरुद्ध जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post