इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १४, सुनसरीको इटहरीमा २ र धरानमा १ जनामा संक्रमण देखिएको छ भने झापाको दमक र भद्रपुरमा १–१, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १४४ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post