इटहरी : प्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन बुधबार सरोकारवाला पक्षसँग छलफल गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिअन्टको ओमिक्रोन फैलन सक्ने सम्भावनाका बारे सरोकारवाला निकायहरूबीच छलफल भएको हो ।
छलफलका क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोभिडको नयाँ भेरियन्टका रूपमा देखा परेको ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए । उनले खतराको घण्टी बज्नुअघि नै सबै प्रकारको तयारी गर्नुपर्नेमा जोड दिए ।
‘हामी सजग हुनुपर्ने अवस्था आएको छ’ मुख्यमन्त्री राईले भने, ‘नयाँ भेरियन्ट देखा परेको अवस्थामा सरकारी संयन्त्रमात्र होइन सबै प्रकारका संयन्त्र परिचालित हुनुपर्छ ।’ मुख्यमन्त्री राईले अप्ठ्यारो परिस्थितिमा सबैको सहयोगको अपेक्षा पनि गरेका छन् ।
सामाजिक विकास मन्त्री जयराम यादवले कोभिडविरुद्ध मन्त्रालयबाट भए गरेका कामका बारे जानकारी दिए । उनले नयाँ भेरियन्ट फैलन नदिन भीडभाड हुने कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
मन्त्री यादवले त्यसका लागि प्रदेशस्तरीय राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।














Discussion about this post