इटहरी : इटहरीमा ४ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ७, सुनसरीको इटहरीमा ४, धरानमा २ र इनरुवामा १, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ ।
यस्तै, प्रदेश १ मा थप १२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १५० रहेको छ ।















Discussion about this post