इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा २–२ र उर्लाबारीमा १ जना जना छन् ।
यता, सुनसरीको इटहरीमा ३, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको शिवसताक्षी र बिर्तामोडमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा यही अवधिमा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या १६८ रहेको मन्त्रालयले जनाएको छ ।












Discussion about this post