विराटनगर : मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका ७ का २० वर्षीय संग्राम राई रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाईट्राभेट १२० चक्की सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post