इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४१, कटहरीमा ३, बेलबारी, कानेपोखरी र केराबारीमा १–१, झापाको मेचीनगरमा ९, बिर्तामोडमा ६, हाल्दिबारी, शिवसताक्षी, बाहृदशी र भद्रपुरमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ७, धरानमा ३, दुहबी, बर्जू, देवानगञ्ज र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको साल्पासिलिछो, सङ्खुवासभाको सभापोखरी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३८७ रहेको मन्त्रालयले जनाएको छ।














Discussion about this post